चौथों बाणगंगा माघी महोत्सवाको पहिलो दिन रक्तदान, माघ ४ र ५ गते माघी महोत्सव हुने

प्रकाशित मिति:

माघ, २ कपिलवस्तु । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव उद्घाटन भएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बन्न सफल थारु समुदायको महान् पर्व माघी लाई निरन्तरता दिदै यस बर्ष पनि वाणगंगा वडा नं. ९ कपिलधाममा चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सवको समुद्घाटन भएको हो ।
यस बर्ष चौंथों बाणगंगा नगर स्तरिया माघी महोत्वको समुद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले गर्नुभएको थियो ।


त्यस्तै थारु समुदायको नव बर्ष माघीको पूर्वसन्धमा थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उप शाखा बाणगंगा कपिलबस्तुको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटीका निरन्जनराज पौडेलले जनकारी दिनुभयो । त्यस्तै कोही पनि रगतको कारण अकलमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले माघी (खिचडी) महोत्सव (थारु सम्बत २६४६) मा रक्तदान कार्यक्रम आयोजना गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष नाथुराम थारुले जनकारी दिनुभयो ।

माघ ३ गते माघी स्थागित

चौथों बाणगंगा नगरस्तरीय माघी महोत्सवको पहिलो दिन माघ २ गते अप्रिय घट्नभयो । महोत्सवमा ग्यास सिलिण्डर बिष्फोट हुँदा बाणगंगा–८ सिसनियाँका ६५ बर्षीय नासिर महोमद घटनास्थलमै मृत्यु भयो । भने अन्य दुई जना घाइते हुन पुगे । अहिले घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


माघी महोत्सव मूल समितिको सचिवल बैठकले मृतक नासिर महोमदको असमहिक निधन प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएकाहरुको शिघ्र स्वास्थय लाभको कामना सहित माघ  ३ गतेको कार्यक्रमलाई स्थागित गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष एंव माघी महोत्सव मूल समितिका संयोजक नाथुराम थारुले जनकारी दिनुभयो ।

माघ ४ र ५ गते पुनः माघी महोत्सव संचालन हुने

माघीको पुरा तयारी भएकोले माघ ४ र ५ गते माघी महोत्सव संचालन हुने थारु कल्याणकारी सभाका नगर सचिव सिर्जन थारुले जनकारी दिनुभयो । माघी महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने अयोजकले जनाएको छ । साथै आयोजकका अनुसार माघी महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार समेत रहने छ । ।