अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
बुटवल,माघ । बिहीबार । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–११ ले संस्थाको पन्ध्रौं स्थापना दिवसको अवसरमा आज (बिहीबार) रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।संस्थाका अध्यक्ष केशवराज पोखरेलकोे अध्यक्षतामा भएको कार्यक्रममा ४० पिण्ट रगत संकलन भएको संस्थाका कोषाध्यक्ष मेघराज पन्थले जानकारी दिनुभयो ।कार्यक्रम उद्घाटन गर्दै नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एकसय बीस दिनमा आफै खेर जाने रगत अन्य व्यक्तिको जीवन बचाउनका महादान नै हुने उल्लेख गर्नुभयो ।
सहकारीका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार धु्रव नेपाल, उपाध्यक्ष कृष्णप्रसाद पौड्याल, कार्यक्रम संयोजक कमल न्यौपाने लगायतले आफन्तलाई चाहिएको बखत रगत खोज्नेहरूले अरूको जीवन बचाउन पनि उत्तिकै चासो दिनसके कहीँ कतै रगत अभाव नहुने बताउनुभएको थियो । अमरज्योति सहकारीले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक दायित्वकै रूपमा लोककल्याणका कार्यक्रम अन्तर्गत रक्तदान, खाद्यान्न वितरण, लत्ताकपडा वितरण लगायतका काम गर्दै आएको संस्थापक अध्यक्ष मिनराज ज्ञवालीले जानकारी दिनुभयो ।












