शुद्धोधन गाउपालिकाको कार्यालय मानपकडी रुपन्देही र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा को आयोजना र शुद्धोधन अपाङ्ग संघ, फर्साटिकरको समन्वयमा मा १ दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिबिर मानपकडी स्वास्थ चौकीको प्राङ्गणमा सम्पन्न भएको छ। शुद्धाेधन गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षतामा र शुद्धोधन गापा प्रमुख प्र.अ.झबिलाल भट्टराई , शुद्धोधन प्रबक्ता केसव प्रसाद अधिकारी शुगापा भुतपुर्व अध्यक्ष किशुनचन्द्र चौधरीकाे विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको हो।उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै यश अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाले यश गाउँपालिका संग समन्वय गरि अपाङ्गहरुकाे हितका लागि टाढादेखि आएर अपाङ्ग बिरामीहरू काे उपचार गरि सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै शुद्धाेधन अपाङ्ग संघले पालिका भित्रका अपाङ्गहरुकाे हितका लागि गरेको कार्यमा के कस्तो सहयोग गर्नुपर्छ।गाउँपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो।
सो कार्यक्रममा ७२जना अपाङ्ग सेवाग्राहीले चेकजाँच गरी अौषधी र साहाक सामाग्री जुत्ताको नापजाँच गरिएको र व्हिलचेयर दुई थान,बैशाकी दुई थान वितरण गरिएको र थप अपाङ्ग बिरामीहरु लाई उपचार अप्रेसन का लागि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपामा निःशुल्क उपचार गरिने शुद्धाेधन गापा महिला तथा बालबालिका शाखा प्रमुख गिता पछाईले जानकारी दिनुभयो।उक्त कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाका डाक्टर निश्चल घिमिरे,अ,बा,अ,पु,के,का फिजियोथेरापिष्ट योज्ञेन्द्र यादव,शिविर व्यवस्थाक सुपरभाइजर शालिकराम तिमिल्सिना,मानपकडी स्वास्थ्य चौकीका ईन्चार्ज कविराज गौतम,अपाङ्गबाल हस्पिटल बुटवल शाखाका प्रतिनिधि राजाराम चौधरी, कार्यपालिका सदस्य रुकमणी थारु ,शुद्धाेधन गापा महिला तथा बालबालिका शाखा प्रमुख गिता पछाई, शुद्धोधन अपाङ्ग संघ का अध्यक्ष बिष्णु बहादुर थापा , लगाएत संघ का सागर क्षेत्री , बिष्णु प्रसाद अधिकारी तथा अन्य अपाङ्गता भएका ब्याक्ती हरुको उपस्थिति मा भएको कार्यक्रम संचालन शुद्धाेधन गापा महिला तथा बालबालिका शाखा समविनी लक्ष्मी खत्रीले गर्नुभएको थियो।


			







 				