शिक्षा नै समाज परिर्वतनको मुख्य आधार : नगर प्रमुख गुरु प्रसाद भट्टराई

प्रकाशित मिति:

महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ नगरपालिका ८ तिनदोबाटेको ५३औँ वार्शिकोत्सव तथा पुरस्कार वितरण, अभिभावक भेला एवं छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले शिक्षा नै समाज परिर्वतनको मुख्य आधार भएको बताउदै शिक्षाले समग्र पक्षको विकास गर्ने कुरा बताउनु भयो ।सोमबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ८ तिन्दोबाटे हटिया स्थित महेन्द्र दर्शन माध्यमिक विद्यालयको ५३ औ बार्षिकोतसव ,पुरस्कार वितरण, अभिभावक भेला तथा छात्रबृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो

नगर प्रमुख भट्टराईले नगरका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागी नगरपालिकाल प्रतिवद्ध रहेको बताउनुभयो । शिक्षाको विकास बिना विकास संभव नरहेको भन्दै विद्यालय नै सक्षम तथा असल नागरिक उत्पादन गर्ने स्थान रहेको बताउनुभयो ।
महेन्द्र दर्शन माध्यमिक विद्यालयमा जस्तै गल्याङ नगरपालिका भित्रका धेरै विद्यालयहरुमा प्राविधिकधारका शिक्षालयहरु सञ्चालन गरेर विद्यार्थीहरुलाई समयानुकुल व्यवहारिक शिक्षा प्रद्यान गर्ने पक्षमा आफू रहेको कुरा बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद साखाका प्रमुख केदारराज आचार्य, नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री युवराज पाण्डे, गल्याङ नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष झिमबहादुर थापा, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्वण श्रेष्ठ, जग्गादाता सुर्य श्रेष्ठ, अक्षयकोषदाता मथुराप्रसाद श्रेष्ठ, छिमेकी विद्यालयको तर्फबाट शिद्धशक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक बुद्धिसागर भण्डारी, पुर्व विद्यार्थी माधवप्रसाद कंडेल, विद्यार्थी दिपा परियार लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलानन्द खनालले २ करोड ११ लाख २५ हजार ३६८ रुपैँयाको आयव्याय तथा विद्यालयका वार्शिक प्रतिवदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेकप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक लेखनाथ न्यौपाने र सञ्चालन शिक्षक विष्णुप्रसाद खनालले गर्नुभएको थियो।