हरियाली प्रवर्द्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको १०० औं श्रृखला : सुझाव संकलन तीब्र

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले “ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा“ अन्तर्गत १०० औं संस्करणलाई साताब्यापी रूपमा मनाउने भएको छ । यही चैत्र १ गते आयोजना हुने हरियाली प्रर्वद्घन एवं नगर सरसफाई अभियान अन्तर्गत मुल समारोहलाई सफल पार्न नगरपालिकाले पुर्व तयारी स्वरूप दिनहुँ जसो बैठक छलफल एवं सुझाव संकलन कार्यलाई तीब्र बनाएको हो । यसैबीच तिलोत्तमा नगरपालिकाले सोमबार नगरक्षेत्रभित्र रहेका बिभिन्न सामुदायिक एवं संस्थागत विद्यालयका प्रअ एवं तिनका शिक्षक प्रतिनिधिलाई डाकेर सुझाव संकलन गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण अयार्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरूले नगर सरसफाई अभियानमा स्कूल तथा शैक्षिक संस्थाहरूले खेलेको भूमिका अतुलनीय रहेको भन्दै नगरपालिकाको १०० औं संस्करणलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सहभागीहरूले चेतनाको विकाशविना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्ने नसकिने बक्ताहरूको धारणा थियो ।

विद्यालय हाता बाहिर सुर्ति र मदिराजन्य पदार्थको विक्रीवितरण भैरहेको, नास्तामा जंकफुडसँगै पोलिथिनजन्य पदार्थको बढ्दो उपयोग लगायतका समस्याले फोहोर मैला ब्यवस्थापनमा गंभीर चुनौति थपिएको बताएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ रूपन्द्हीका अध्यक्ष एवं कोटियामाई आधारभुत विद्यालय मक्रहरका प्रअ डिल्लीराज भण्डारी, दुर्गा दत्त उच्च माविका प्रअ चण्डी प्रसाद पाण्डे, शान्ति नमुना मावि मणिग्रामका प्रअ कुल प्रसाद लामिछाने, गिर्वाण संस्कृत एवं साधारण माविका प्रअ केदार पराजुली, पशुपति मावि कोटिहवाका प्रअ वेद नारायण भट्टराई, संस्थागत विद्यालयका तर्फबाट प्याब्सन तिलोत्तमाका नगर अध्यक्ष केएन सागर ज्ञवाली लगायतले सुझाव दिएका थिए । कार्यक्रम सुरेन्द्र श्रीको अध्यक्षता एवं सेमरा माविका प्रअ खेमराज पाण्डेको संन्चालनमा सम्पन्न भएको थियो । सुझाव संकलन अन्तर्गत नगरपालिकाले मंगलबार बैंक तथा वित्तिय संस्थाका प्रमुखहरूसँग छलफल एवं बैठक गर्दैछ ।

तिलोत्तमामा सरसफाई र हरियाली प्रबर्द्धन कार्यक्रमको ९९ औ शृंखला सम्पन्न।तिलोत्तमा नियमित सरसफाईको ९९ ओें संस्करण सम्पन्न भएको छ। यहि चैत्र १०० औ शृंखलाको ब्यापक तयारि गरेको तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न ६ को १२ नम्बर चोकमा ९९ ओें संस्करण सम्पन्न भएको छ। हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गत आज सरसफाई अभियानको पछिल्लो संस्करण सम्पन्न भएको छ । यस अभियानमा नगर प्रमुख रामकृष्ण खांडको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यता तथा वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिनु भएको छ । उहाँले १०० औ भाग भव्यताका साथ् मनाउन गैरहेको यो अभियानलाई घर घर बाट सहयोग रहनेमा बिश्वास ब्यक्त गर्नुभयो। सो कार्यक्रममा बोल्दै उप प्रमुख जगेश्वर देवी चौधरीले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा सबै सरोकारवाला हरु र बिशेश गरि स्थानिय बासिको सक्दो सहयोग रहिरहने बिश्वास ब्यक्त गर्नु भएको थियो।

सोहि क्रममा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले वडा बासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल संगै स्तरिय बनाएको बताउनुभयो। उहाँले १०० औ शृंखला सम्म आउनु कुनै सानो कुरा नभएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य र सरसपÞmाई तथा हरियाली र प्रदुषण बिनाको नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो। आज सम्पन्न सरसफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर ६ का सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नु भएको थियो। कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्यहरू संजय आचार्य,गोबिन्द रिजाल, सीता खनाल गौतम गीता गंधर्व, वडाका कर्मचारी भगवती तिवारी, मंजÞु के सी, सरस्वती पौडेल,सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ६ का आम नागरिकहरुको सहभगिता रहेको थियो।

थप समाचार