८७ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

प्रकाशित मिति:

भैरहवा, फागुन । रुपन्देहीमा आंखा उपचारको क्षेत्रमा पुरानो अस्पताल श्रीकृष्ण नेत्रालय फेको सेन्टर भैरहवाले ८७ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिदिएको छ ।इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउंपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांज गराउंदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. सल्मा केसी र डा. रासिजा खनालले मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको हो ।

श्रीकृष्ण नेत्रालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणको आंखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिदिने गरेको अस्पतालका व्यवस्थापक अमोद सिंहले बताउनुभयो ।मोतियाबिन्दुको शल्यक्रिया गर्दा न्युनतम ७ हजार ५ सय र मेसिनबाट गर्दा १२ हजार ५ सय देखि ५० हजार सम्म शुल्क लाग्ने गर्छ । निशुल्क शल्यक्रियाको सुविधा पाउंदा गाउंका गरीब सर्वसाधारणले ठूलो राहतको महसुस गरेका सिंहले बताउनुभयो ।आंखा शिविरमा अस्पतालका इन्चार्ज मलाउ गुप्ताको नेतृत्वमा अप्टोमेट्रिस सौरभ सरकार,ओएहरु प्रिति शर्मा,गीता जीसी,एन्जिला भण्डारी,बबिता पालले आंखा चेकजांच गरेका थिए ।शिविरको उद्घाटन गर्दै सुस्ता गाउंपालिका वडा नं १ का अध्यक्ष अशोककुमार चौधरीले सरकारी अस्पतालले गर्ने काम निजी क्षेत्रको अस्पताल श्रीकृष्ण नेत्रालयले गरेको भन्दै यसबाट अरुले सिक्नुपर्ने बताउनुभयो ।आंखाका विरामीको सुविधालाई मध्यनजर गरी अस्पतालले बुटवलको पुष्पलालपार्कमा पनि सेवा विस्तार गरेको व्यवस्थापक सिंहले जानकारी दिनुभयो ।