रंजीत शर्मा ।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०५ भगतपुरवाबाट अवैध रूपमा भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको १० लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ।
आज बिहान भगतपुरा स्थित अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको स्मार्ट(७ ११ पिस र एइऋइ ःद्ध एचय मोवाईल २५ पिस गरी करीब १० लाख ६२ हजार रुपैयाँ बराबरको मोबाइलहरु प्रहरी चौकी गेरमी बाट प्रहरी सहायक निरीक्षक कमाण्डमा खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकल सहित मानिस फरार भएका प्रहरीले जनाएको छ। थप कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाउने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएका छन्।












