निःशुल्क पशु स्वास्थ्य शिविर हरिनासमा सम्पन्न

प्रकाशित मिति:

नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन(नेभ्ला) जिल्ला कार्यसमिति स्याङ्जाकोे आयोजनामा हरिनास गाउँपालिका वडा नं. ६ दग्दी स्याङ्जामा एक दिने पसु स्वास्थ शिबिर सम्पन्न भएको छ ।कार्यक्रमको उत्धाटन हरिनास गाउँपालिका उपाध्यक्ष इन्द्रा कुमारी थापा रानाले भन्नु भयो पशुपक्षीहरुको स्वास्थ्यको ध्यान दिएर पशुस्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको प्रति धन्यवाद दिदै शिविरबाट गाउँबासीलाई धेरै भन्दा धेरै फाईदा लिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य नेभ्लाका पुर्ब केन्द्रिय सदस्य लेखनाथ अर्यालले गर्नु भएको थियो भने धन्यवाद मन्त्त्ब्य वार्ड अध्यक्ष दिलु रानाले गर्नु भएको थियो कार्यक्रमको अध्यक्षता नेभ्ला जिल्ला कार्य समितिका अध्यक्ष डिल्ली राम अर्यालले गर्नु भएको थियो । सो शिबिरमा जम्मा २३२ जना किसानका ४७६ वटा पशुुहरुको उपचार गरिएको थियो ।गोबर जाच,दुध परिक्षण,पसु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पसु पालन सम्बन्धि आवस्यक परामर्श दिएको थियो ।कार्यक्रममा जिल्ला भित्रका पसु स्वास्थ प्राविधिकहरु १५ जनाले शिबिरमा आफ्नो प्राबिधिक सेवा प्रदान गर्नु भएको थियो । सो सिबिरमा गरिएको गोबर परिक्षण गर्दा अधिकास पसुको गोबरमा नाम्ले तथा पारामफिस्टोम (गहते किरा) को प्रकोप अधिकाङ्समा देखिएको थियो । शिबिरको आयोजना नेभ्ला कार्य समिती स्याङ्जा, स्थानीय ब्यबस्थापन हरिनास गाउँपालिका वडा नं. ६ दग्दीले गरेको पशु सेवा कार्यालय गल्याङका प्रमुख शुशिल अर्यालले जानकारी दिनु भयो ।