लायन्स क्लब अफ बुटवल क्षितिजको नवौ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबले एक बर्ष सम्म भएका बिभिन्न कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै सम्पन्न गरेको हो । कार्यक्रममा बर्ष २०२२/२३ का अध्यक्ष पुजन थापाले एक बर्षको कामको समिक्षा गदै बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब शर्मालाई पद हस्तान्तरण गरेका हुन ।कार्यक्रमम बोल्दै बर्ष २०२२/२०२३ का अध्यक्ष पुजन थापाले क्लबले २२/२३ मा गरेका हरेक कार्यक्रमहरु पूर्ण रुपमा सफल भएको बताए । “सबैका लागि खाना “भन्ने अभियान अन्तर्गत प्रत्येक हप्ताको सनिवार यो अभियान सन्चालन गरि एक बर्ष भित्रमा ५० हप्तामा करिव ३५०० जनालाई खाना खुवाएको बताउनु भयो ।
क्लबको बार्षिक कार्यक्रम अन्तर्गत बुटबलको लक्ष्मी मा बि का ३ जना बिद्यार्थीहरुलाई कक्षा दस सम्मको निशुल्क शिक्षा , रुपन्देहिका बिभिन्न अनाथ अपाङ आश्रमहरुमा सहयोग , रुपन्देहि लगायतका बिभिन्न जिल्ल्लाहरुमा स्वास्थ्य शिबिर सन्चालन गरि एक बर्ष भित्रमा करिब १६ लाख बराबरको रकम सामजिक क्षेत्रमा खर्च गरेको बताउनु भयो । समाज परिवर्तन सगै गरिब दुखि अनाथ असहायहरुका लागि निरन्तर काम गर्दै आएको बताउनु भयो । यस्ता सामजिक कार्यहरुलाई क्लबले निरन्तरता दिदै जाने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बर्ष २०२३/२०२४ का अध्यक्ष धुर्ब शर्माले क्लबले स्थापना काल देखि नै समाजमा बिभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आएको बताउदै क्लबले अगाडी सारेका डिम प्रोजेक्टहरुलाई निरन्तरता दिदै आगामि बर्ष थप नया कार्यक्रमहरु ल्याउने बताउनु भयो यसको लागि सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउनु भयो । क्लबका सस्थापक अध्यक्ष लायन राजिव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पदहस्तान्तरण कार्यक्रममा पुर्ब अध्यक्षहरु मिलन कुमार पुन, नारायण थापा , शंकर पाण्डे , लोकेन्द्र लिम्बू लगायतले आ आफ्नो भनाइ राख्नु भएको थियो । क्लबका उपाध्यक्ष प्रबिन्द्र गोबिन्द श्रेष्ठको स्वागत र सचीव अभिमन्यु भिमार्जुन पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












