वालिङ १० द्वारा बृद्ध बृद्धा तथा महिला स्वयमसेबिकालाई सम्मान

प्रकाशित मिति:

वालिङ -वालिङ नगर पालिका वडा नं। १० ले बृद्धबृद्धा र महिला स्वयंसेबिकालाई सम्मान गरेको छ । कार्यक्रममा ७९ बर्ष माथिका बृद्धबृद्धा बुवा आमा र महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिल खनालले जेष्ठ नागरिक समाजका गहना भएकाले जेष्ठ नागरिकको अनुभव र सिकाईले नै हामीलाई सकरात्मक उर्जा दिने बताउनुभयो ।कुरा सुन्नु बुढाको,आगो ताप्नु मुढाको भनेजस्तै उहाँहरुको लामो जिवन संर्घषले नयाँ पुस्तालाई अगाडि बढ्न मद्दत गर्ने भन्दै जेष्ठ नागरिकलाई हामी सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै समाजमा महिला स्वयमसेबिकाहरुको साथ र सहयोगले वडाका नागरिकहरुको स्वास्थ्यमा निकै राम्रो प्रभाव पारिरहेको भन्दै उहाँहरुको कार्यगत हौसलाका लागी वडाले सम्मान कार्यक्रम गरेको बताउनुभयो ।

कार्यक्रममा वार्ड सदस्य चुडामणी सुवेदी, लेखमाया एसके,गगा शर्मा पङेनी,भुम बहादुर सिन्जाली ,वालिङका पुर्ब मेयर लालचन गैह्रे लगायतको उपस्तिथी रहेको थियो ।कार्यक्रममा ३४ जना बृद्ध बृद्धालाई नगद,दोसल्ला र प्रमाणपत्र साथै महिला स्वयंसेबिकालाई सम्मान गरिएको थियो । कार्यक्रममा बृद्ध बृद्धाको तर्फबाट पूर्ब मेयर लालचन गैह्रेले आफ्नो भनाई राख्नु भएको थियो । वडा अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखमाया एस।के। र सन्चालन वार्ड सचिव दिपेन्द्र गैह्रेले गर्नु भएको थियो ।