भ्याट बारे ढुवानी व्यवसायीलाई जानकारी गराउन व्यवसायी भेला

प्रकाशित मिति:

यमलाल भुसाल,बुटवल ५ साउन- सरकारले आर्थिक वर्ष २०८० । ८१ को वजेट मार्फत ढुवानी सेवामा मुल्य अभिबृद्धि कर भ्याट लागु गर्ने घोषणा गरेसंगै अन्यौलमा रहेका ढुवानी व्यवसायीलाई वास्तविकता जानकारी गराउन पश्चिमाञ्चल यातायात व्ववसायी समितिले शुक्रवार व्यवसायी भेला सम्पन्न गरेको छ । सरकारले ल्याएको आर्थिक ऐन अन्र्तगत वार्षिक रुपमा ५० लाख भन्दा बढीको कारोवार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य रुपमा भ्याटमा जानु पर्ने बाध्यकारी नियम ल्याएको छ । भेलामा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले व्यवसायीले भ्याटमा जादाँ अपनाउनु पर्ने तरिका, विल विजक राख्ने तरिका, आम्दानी खर्चको लेखाको वारेमा जानकारी गराउनु भएको हो ।

अधिकृत सुवेदीले सरकारले ढुवानी व्यवसायीलाई व्यवस्थीत गराउनका लागि ल्याएको आर्थिक ऐनको निर्देशिका अझै आईनसकेकोले सोआएपछि मात्र आगामी दिनमा व्यवसायीलाई कसरी भ्याटमा सहजिकरण गर्न सकिने भन्ने स्पष्ट हुने बताउनु भयो ।कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले ल्याएको निितलाई व्यवहारमा कसरी सहज रुपमा लागु गर्न सकिन्छ भन्ने वारेमा विभागसंग छलफल भैरहेको बताउनु भयो । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष लोक राज पोखरेल, पश्चिमाञ्चल यातायात व्ववसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की महासचिव हरि प्रसाद कंडेल व्यवसायी पंकज राई, जितबहादुर भाट, लगायतले व्यवसायीलाई सहज र सुलभ तरिकाले व्यवसाय संचालन गर्न पाउने व्यवस्था मिलाउन माग गर्नु भएको थियो ।