पुष १३ काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा संसद्मा नेपाली काँग्रेसमा सांसद् गगन थापा नाम पनि वक्ताको रुपमा टिपाईएको थियो । संसद्मा उनको नाम टिपाईएको बारे विहानै काँग्रेस सचेतक पुष्पा भुषालले थापालाई जानकारी दिएकी थिईन् । भुषालले पहिले थापाको समय ६ मिनेट मिलेको बताएकी थिईन् भने पछि समय व्यवस्थापन मिलाउँदा ३ मिनेट मात्रै समय मिलेको जानकारी दिएकी थिईन् । ३ मिनेटको समयमा थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुधबारको अभिव्यक्ति र कर्मचारी समायोजन बारे बोल्ने तय भएको थियो । संसद्को शून्य समयमा तोकिएको यो समयमा नेता थापाले सरकारलाई चेतावनी दिनै लाग्दा संसद्ले निर्धारित समय अगावै माईक काटिदिएपछि काँग्रेसले यसमा आपत्ति जनाएको छ ।
नेकपाकी सांसद् रेखा शर्माले बोलिसकेपछि बोलेका सांसद् थापाको साढे २ मिनेटमा नै माईक काटिएको थियो । उनले ‘कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता नलिए…’ मात्रै भनेपछि उनको माइक काटिएको थियो । त्यो समयमा संसद् सचिवालयको लाईभ अनुसार पनि थापाले २ मिनेट २५ सेकेण्ड मात्रै बोल्न पाए । उनको यसरी माइक काटिएपछि नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यसप्रति नियमापत्ति जनाएका थिए । उनले नियमापत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले थापाले समय भन्दा बढी साढे ४ मिनेट बोलेको दाबी गरे । तर, नेता थापा, खाँण लगायतका नेताहरुले आफूसँग रहेको प्रमाण देखाउन थालेपछि सभामुख महराले यसमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले यो प्राविधिक विषय रहेको बताउँदै ध्यानाकर्षण जनाएका हुन् ।
हेर्नुहोस् भिडियो :-












