टिकाराम अधिकारी- गल्याङ २१ साउन,गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले आधारभूत स्वास्थ्य सेवा सबै जनताको घर दैलोमा पु¥याउने प्रतिबन्धता ब्यक्त गरेका थिए ।आईतबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.११ जिमुहा स्थित जिमुहा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको समुद्घाटन गर्दै सो कुरा बताए ।नगर प्रमुख भट्टराईले भन्नु भयो स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्दै विशेषज्ञ सेवा सहितको आँखा र दाँतको उपचार, बर्थिङ सेन्टर सञ्चालन गरेर स्वास्थ्यका सबैखाले सेवालाई प्रभावकारी रुपमा जनताको घर घरमा पु¥याउने अभियानका साथ आफू लागेको कुरा बताउनु भयो ।
कसरी हुन्छ गल्याङ नगरबासीलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा सुविधा दिन सकिन्छ भन्ने पक्षमा आफू नगर प्रमुखमा निर्वाचीत भएर आए पछि ग्रामिण क्षेत्रका जनतालाई सेवा दिन दुई ठाउँमा आधारभूत स्वास्थ्य सेवा सुभारम्भ गरेको कुरा बताए ।भवन समुदघाटन समारोहमा गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ओली, गल्याङ नगरपालिका वडा नं.११का निर्वतमान वडाअध्यक्ष शंकर देब अधिकारी,समाजसेवी प्रेम प्रसाद ज्ञवाली, चिरिञ्जीवी कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने स्थानीय समाजसेवी बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।गल्याङ नगरपालिकाको २६ लाख लागतमा निर्माण भएको स्वास्थ्यसेवा केन्द्रले गल्याङ नगरपालिका वडा नं.११ जिमुहाँ क्षेत्रका जनतालाई प्राथमिक स्वास्थ्य उपचारमा टेवा पुग्ने स्थानीयको भनाई छ ।
भवन निर्माणका लागि २ रोपनी जग्गा नरहरि अधिकारी,शुशिला अधिकारी, रुमलाल अधिकारी, पार्वती अधिकारी,नुरकान्त अधिकारी,गोमता अधिकारी, चुरामणि अधिकारी,टोम कला अधिकारी, प्रेम नारायण अधिकारी,इन्द्र कुमारी अधिकारी, भिमलाल अधिकारी,अम्बिका अधिकारी,सीताराम अधिकारी, राधिका अधिकारी,शान्ता अधिकारी, ढाकाराम अधिकारी,विष्णु अधिकारी,कृष्ण प्रसाद अधिकारी, कमला अधिकारी,टिकाराम अधिकारी रेनुका अधिकारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनु भएको कुरा निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले बताए ।गल्याङ नगरपालिका वडा नं.११ का वडा अध्यक्ष दलबहादुर सिंजालीेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले र कार्यक्रमको सञ्चालन तुलसी भञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख तुलसी राम बरालले गरेका थिए ।












