लायन्स क्लब अफ बुटवल तिनाउको चौथो चार्टरनाईट कार्यक्रम आईतबार बुटवल–११, नहरपुर स्थित शाहिल्याण्ड होटेलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लायन अरुण खनाल अध्यक्षता, डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन अर्जुनमान सैंजुको प्रमुख आतिथ्यता एवम् आईपिपि लायन ईश्वर गिरीको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा डिष्ट्रिक तथा जोनबाट अन्य विशिष्ट अतिथिहरुको आगमन भएको थियो । चौथो वर्षसम्म आईपुगेको उपलक्ष्यमा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले लायन्सको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैबिच कार्यक्रममा चार्टर तथा नवप्रवेश गर्नुभएका सदस्यज्युहरुलाई क्लबका चार्टर प्रेसिडेण्ट लायन चिरञ्जिवी अधिकारीको तर्फबाट पिन तथा सम्मान–पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले क्लबलाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण भुमिका खेल्नुहुने अघिल्लो वर्षका अध्यक्ष तथा सदस्यज्यूहरुलाई हार्दिक आभार व्यक्त गर्दै यो वर्ष क्लबलाई यस क्षेत्रकै उत्कृष्ट र बलियो क्लब बनाउन सम्पूर्ण लायन मित्रहरुलाई आग्रह गर्नुभएको थियो । विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरुसहित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको यसै क्लबका मिडिया संयोजक लायन खुमराज बस्यालले जानकारी दिनुभएको छ ।












