साहित्यकार राधा भट्टराइको कृति विमोचन

प्रकाशित मिति:

भैरहवा, भदौ १ ।साहित्यकार राधा भट्टराई कृति विमोचन भएको छ । शुक्रबार एक कार्यक्रमका बिच गीत र कविता सङ्ग्रह राधाका सुसेली विमोचन भएको हो । अर्घाखाँचीमा जन्मघर भइ भैरहवामा स्थायी बसोबास गर्दै आएकी भट्टराईको गीत र कविताको सङ्ग्रह भैरहवामा विमोचन भएको हो ।

साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि वनमाली निराकारले साहित्यमा लागेका व्यक्तिलाई कृति प्रकाशन गर्नु सन्तानको जन्मदिए जस्तै हुने बताए ।साहित्यकार प्राज्ञ बूँद रानाले गीतका माध्यमबाट कृतिकारलाई शुभकामना व्यक्त गरे । कृतिको समीक्षा गर्दै डा. लक्ष्मी पोखरेलले परम्परित लोकभाका र आफैले लेखेका मौलिक गीतहरु कृतिमा समावेश रहेको बताइन् ।राधाका सुसेली सङ्ग्रहमा एउटा मंगल गीत, दुई ओटा भजन, तीन ओटा असारे गीत, १७ ओटा तीज गीत, १० ओटा लोकभाका गीत र चार ओटा कविता समावेश छन् ।