राष्ट्रीय युवा संघ गैंडहवाकाे दोस्रो अधिवेशन सम्पन्न: कुल वहादुर घर्ती ( सोनु)काे अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन

प्रकाशित मिति:

बुटवल । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रीय युवा संघ गैंडहवाकाे दोस्रो अधिवेशन शनिवार गैँडहवामा सम्पन्न भएको छ । अधिवेशनले कुल वहादुर घर्ती ( सोनु)काे अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ । अधिवेशनकाे उदघाटन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकालले पार्टीलाइ संकट पर्दा युवा संघले महत्पूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै यूवाहरुको भुमिकालाइ पार्टीले बिशेष रुपमा हेर्ने बताए।

एमाले पार्टी नै देश बिकासकाे आधार रहेको बताउँदै उनले आम जनताको बिचमा युवाहरू अझै सशक्त भएर लाग्न निर्देशन समेत दिए । कार्यक्रममा युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष दीपक खडकी, पालिका पार्टी अध्यक्ष भुवन राना,जिल्ला कमिटी सदस्य सन्दिप गुप्ता,गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल, युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बुद्धि थापा, कल्पना पाँडे मगर, पार्टी जिल्ला सह सचिव चित्र बाहदुर कार्की, कल्पना हरिजन लगायतले बोल्दै गैडहवामा पार्टीलाइ बलियो बनाउन यूवाहरुको महत्पूर्ण भूमीका रहको भन्दै प्रशंसा गरेका थिए । अब नेतृत्व युवाहरुको काधमा आएको भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी अहिले बाटै यूवाहरू लाग्नुपर्नेमा जोड दिएका थिए । युवा संघ गैडहवाका अध्यक्ष मिनु भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन पुस्पा गुप्ताले गरेकी थिइन् भने स्वागत मन्तव्य यूवा संघ क्षेत्र नम्बर ५ का संयोजक कमल परियारले गरेका थिए ।