समाचार प्रभावः विद्यार्थीको हातमा किताब पुग्यो

प्रकाशित मिति:

नवलपरासी, भदौ १७,

बर्दघाट नगरपालिकाको वडा नम्बर ४ बाढिपिडितमा रहेको नवजीवन माध्यामिक विद्यालयमा शैक्षिक शत्र आधा सकिनै लाग्दा बल्ल सबै पुस्तक बाँडिएको छ । विद्यार्थीले पुस्तक नपाएको समाचार प्रकाशन प्रशारण भएपछि सबै विद्यार्थीलाई पुग्नेगरी पुस्तक वितरण गरिएको हो ।


विद्यालयमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैयाँ नगरपालिकाले रकम निकासा गरेपनि विद्यार्थीले सबै पुस्तक प्राप्त गर्न सकेका थिएन् । बाँकी रहेका पाठ्यपुस्तकहरु उपलब्ध भएपछि आईतबार (आज) विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो ।


कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले पाउन सकेका थिएनन् ।