मौलिक संस्कृति संरक्षण तथा जगेर्नाको लागि चापाकोट नगरप्रमुख विभिन्न कार्यक्रममा सहभागी
सुनिल न्यौपाने,स्याङ्जा- आज कृष्ण जन्माष्टमीका दिन चापाकोट नगरपालिका प्रमुख देव बहादुर खाण (ईश्वर) मौलिक संस्कृति संरक्षण तथा जगेर्नाको लागि नगर भित्रका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ।
चापाकाेट नगरपालिका वडा न.१० भुमरीघाट राधाकृष्ण मन्दिरमा रथयात्रामा सहभागीता जनाउदै पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले नयाँ पुस्तालाई पनि यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति,परम्पराप्रति लगाव जगाउनुपर्ने नगर प्रमुख खाणको भनाइ छ।
त्यस्तै चापाकोट नगरपालिका वडा न.१ राेग्दीछाप मन्दिर उद्घाटन तथा मुर्ति प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी भई अन्तिममा नगरपालिकाकै वडा न. ९ सुन्तलीटार बगैंचामा पलिस्वाँ नेवार समाजद्वारा आयाेजित कार्यक्रम तथा विविध साँस्कृतिक समारोहमा समेत सहभागी हुनुभएको थियो।












