१४ पुस, बुटवल । मणिमुकुन्द सेन उद्यान ९फुलबारी० मा निलकण्ठ बरणी दिब्यमुर्ति मन्दिर निमार्ण गरिने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्त्व्य उद्यानमा मन्दिर निमार्णसंगै आर्कषक बढ्ने अपेक्षा गरिएको छ । स्वामीनारायण मुक्तिनाथ धामको सहयोगमा विष्णु पादुका मन्दिरको स्वरुपमा छत्रीशैलीमा निमार्ण तयारी भएको हो

।श्री स्वामीनारायण संस्था अक्षरधाम दिल्लीका प्रतिनिधि गुजरात स्वामीनारायण मन्दिरका स्रुतिप्रकाश स्वामी, ज्ञानवर्दन स्वामी, प्राविधिक घनश्याम, अखिल भाई, मुक्तिनाथ धामका पिठाधिस स्वामी लोकानन्द, धामका अध्यक्ष धर्मराज शर्मा आचार्य, सचिव बाबुराम महत, उपाध्यक्ष दयाराम न्यौपाने, उद्यानका अध्यक्ष खेम लुईटेल, वडा नं। १ का वडाअध्यक्ष महेन्द्र लिगल, वडा नं। २ का वडाअध्यक्ष रमेश नेपालसहितको टोलीले मन्दिर निमार्णको छलफल गरिएको छ

करीब ३ कठ्ठामा मन्दिर निमार्णको लागि नाप भएको उद्यानका अध्यक्ष खेम लुईटेलले बताए । उद्यानमा ऐतिहासिक सेन दरबारको भग्नावशेष, शिव मन्दिर, सुन्दर गार्डेन, उजिरसिहको पूर्णकदको मूर्ति, पिकनिक स्पटहरु, बालउद्यान, चिडियाखानासहितको पूर्वाधारहरु रहेका छन ।












