सलमानसंग दुश्मनी नभएको शाहरुखको खुलासा

प्रकाशित मिति:

बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जीरो’ हलमा प्रदर्शनरत छ। फिल्ममा शाहरुखसँगै अर्का बलिउड स्टार सलमान खानलाई पनि दर्शकले हेर्न पाउँछन्। फिल्ममा सलमान अतिथि कलाकारका रूपमा छन्।

बलिउडमा शाहरुख र सलमानको सम्बन्धलाई अझै पनि ‘खान वार’का रूपमा चिन्छन्। यी दुई खानबीच समय–समयमा विवाद आइरहँदा शाहरुखले सलमानसँग वर्षौसम्म चलेको झगडाका विषयमा मुख खोलेका छन्। ‘मेरो सलमानसँगै उसका दाजुभाईसँग ‘तँ तँ’ र ‘मँ मँ’को झगडा र मतभेद धेरैपटक भएको थियो र भइरहेको पनि छ। तर सलमान र उनका दाजुभाइसँग ‘दुस्मनी’ कहिल्यै भएन। म सलमान र उसको परिवारलाई इज्जत गर्छु।