असोज, कञ्चन- गत असोज ६ गते राती कञ्चनममा ५ को घनश्याम चोकमा वाई सि एल कञ्चन गाँउ कमिटिका अध्यक्ष विजय पौडेल माथी भएको सांघातिक आक्रमणका बिरुद्ध घोर भ्रत्सर्ना गरेको छ।वाई सि एल कञ्चन गाउँ कमिटिका इन्चार्ज कृष्ण ढुङ्गाना र गाँउ कमिटि सचिव विक्रम परियारद्वारा हस्ताक्षरित विज्ञप्तीमा ूवाई सि एल कञ्चनका अध्यक्ष विजय पौडेललाई आफ्नो ब्यक्तिगत कामको शिलशिलामा कपिलबस्तुबाट कञ्चन १ बेलभरिया आउने क्रममा कञ्चन ५ घनश्याम चोक नजिकै सुनियोजित ढङ्गले संजिव क्षेत्री, राज थारु र भरत कुमार दर्लामी जस्ता ब्यक्तिहरुले ज्यान मार्ने उद्धेश्यका साथ विनाकारण आक्रमण गरेको र उक्त आक्रमणबाट अध्यक्ष कमरेड पौडेलको टाउको र शरीरका बिभिन्न ठाउँमा चोटपटक लागेको खवर प्रति घोर भ्रत्सर्ना गर्दछू भनिएको छ।विज्ञप्तीमा अपराधिक कृयाकलापमा संगठित निज व्यक्तीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न संगठनले माग समेत गरेको छ। पौडेलमाथी सांघातिक आक्रमण गर्नमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि निजहरुमाथी मुद्धा चलिरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।












