रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउसम्म हाम्रो विस्तार’ भन्ने मूल नाराका साथ पुष ५ गतेदेखि सञ्चालित लुम्विनी एक्स्पो–२०७५, अन्तराष्ट्रिय व्यापार मेलामा शनिवार मेलास्थलमा दर्शकहरुको ओइरो लाग्यो ।शनिवार सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो । मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार एकै दिन एक्स्पो अवलोकन गर्न टिकट खरिद गरि तथा कार्ड र पासमार्फत हजारौ दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ ।एक्स्पो अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजककोतर्फबाट टिकट काउन्टर बाहिर गेट अगाडी ४ स्थानबाट टिकट विक्री गरिएको थियो ।मेला हेर्न अवलोकनकर्ताहरु विहान दशै वजेदेखि टिकट काउन्टरमा लाइनमा बसका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा मेला स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । शनिवार मेला अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।
आजको दर्शकहरुको उपश्थितिले हाम्रो आयोजना पूर्ण सफलतातर्फ अगाडि बढेको विश्वास व्यक्त गर्दै मुल समितिका संयोजक पदम प्रसाद श्रेष्ठले आफुहरुलाई उत्साहित बनाएको बताउनु भयो । उहाले रुपन्देही व्यापार संघको आयोजना पृथक तथा ऐतिहासिक बन्ने गरेको बताउदै यस पटकको एक्स्पो पनि उचाईमा पुगेको दावी गर्नुभयो ।पूर्व अनुमान गरिए अनुसार मेला हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टरबाट टिकट विक्री कार्य पटक पटक स्थगित गर्नु परेको मेला प्रबन्धक सरोज पोखरेलले बताउनु भयो । एक्स्पो आयोजना स्थलको क्षमताभन्दा बढी दर्शहहरुको घुइचो बढेको अवस्थामा टिकट विक्री बन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डपभित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो ।दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा जम्मा हुन बाध्य थिए । स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो मेला मुल आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालका अनुसार मेला अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा गम्भिर बनेको बताउँदै कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गर्नु भयो ।उहाँका अनुसार शनिवार करिव ३ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ
एक्स्पोमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हँुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षति हुने घटना नभएको सुरक्षा व्यवस्था समितिका संयोजक राजेन्द्र ढकालले बताउनु भयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न मेलामा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।
सांस्कृतिक कार्यक्रम
मेलाको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेको छ । दोहोरी गित प्रतियोगिताको सेमीफाइनल प्रतिष्पर्धा हुने भएको छ । सेमीफाइनलमा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नवलपरासी र देउराली रोदी, बुटवलका वीच प्रतिष्पर्धा हुने छ ।डान्स आइडल–२०७५ प्रतियोगिता अन्तरगत शनिवार अन्तिम टप ४ गायकको प्रस्तुती भएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शनिवार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायक दिपक गरौजा, लोकदोहोरी गायीका चेतना थापा, आधुनीक पप गायीका सहिमा श्रेष्ठ, कार्यक्रम प्रस्तोता सिता शर्मा लगायतको प्रस्तुती रहेको थियो । आइतवार चर्चित लोक दोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायक जिवन परियार, आधुनिक गायिका हाउडे माया श्रृजना खत्री, हास्य कलाकार उज्ज्वल गिरी दानविर लगायतको प्रस्तति रहने छ ।जारी मेलामा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि ग्राम सञ्चालन भएका छन् ।












