को हुन्, रुपन्देही तिलोत्तमा तेक्वान्दो दोजांग कि ७ बर्षिय साया नेपाली ?

प्रकाशित मिति:

यमुना थारु। बुटवल –मानव जिवनमा स्वास्थ्य, असल र संमृद्ध समाज निर्माणका लागि खेलकुदले ठुलो महत्वपूर्ण भुमिका खेलेको हुन्छ । त्यती मात्र होईन खेलकुदले युवा, बाललिका सम्पूर्णलाई कुलतबाट जोगाउन र एउटा खुशी समाज निर्माण गर्नुको साथै राष्ट्रलाई विश्वजगत्मा परिचित गर्न ठुलो भुमिका खेलेको हुन्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य होइन ।

स्वस्थ गराउन खेलकुद महत्वपूर्ण छ। हुन त “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” राष्ट्रिय  खेलकुद परिषद्ले दिएको नारा समेत छ । सानै उमेरमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल रुपन्देही तिलोत्तमा तेकवान्दो खेलाडी साया अहिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी भईसकेछिन् । वि.स. २०७३ रामपुर १२ जबगादी पाल्पा मा जन्मिएकि हुन र वि. स. २०७५ सालमा बुटवल आफ्नो बुवाको कर्यक्षेत्र बुटवल भए पछि बा- आमा सगै तिलोत्तमा ४ सिमानगर झरेकि हुन साया अहिले २ कक्षा मा बुटवल पब्लिक स्कुलमा अध्ययन गछिन् ।

अरु बालबालिका भन्द पृथक सोच र व्यवहार भएका साया सानै बाट तिलोत्तमा तेक्वान्दो खेल्न सुरु गरेको हुनाले उनी त्यही खेलमा रमाउन थालिन ।  उनलाई डोजाङ्ग प्रशिक्षक बिस्नु कुमार चौधरीले राम्रो साथ र सहयोगले उनी डोजाङ को अब्बल िग्रन वेल्ट समेत जित्न सफल भईन् ।  उनले वि.स. २०७८ सालमा तिलोत्तमा तेक्वान्दो डोजाङ्ग सुरु गरेकी अहिले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय डोजाङ्गमा उपाधि जित्न सफल समेत भईन् । उनी तेक्वान्दो खेल प्रति निकै लागवको कारण पहिलो पटक सहभागी भएको काठमाण्डौ को ललितपुरमा प्रथम NTALAGUE राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता २०२३ मा फाईट तर्फ अन्डर १८ के.जि – प्रथम हुन सफल भईन ।  त्यसपछि खेल क्षेत्रमा राम्रो गरेपछि सायाले अध्यायन गर्ने बुटवल पब्लिकका प्रध्यापक हेमलाल शर्माले अध्ययनमा १५% छुट गर्ने समेत उनले बताए यसरी एउटा सानै उमेरमा खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सायाले दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय उपाधिहरु जित्न सफल समेत भईन । साया क्रमश यि विभिन्न खेलमा सहभागी र उपधि समेत जित्न सफल भईन् ।

१. पहिलो NTALAGUE राष्ट्रिय च्याम्पियनसिप २०२३ मा फाईट तर्फ अन्डर १८ के.जि – प्रथम (ललितपुर) २.तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ फाईट तर्फ तर्फ अन्डर १८ के.जि -प्रथम (भरतपुर चितवन) ३.पहिलो राईजिङ स्टार जुनियर जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप २०२३ मा फाईट तर्फ अन्डर १७ केजि – प्रथम ४.पहिलो तिलोत्तमा जिल्ला स्तरीय खुला च्याम्पियनसिप २०२१ फाईट तर्फ अन्डर १६ केजि -प्रथम ५.तेस्रो तिलोत्तमा खुला जिल्ला स्तरीय खुला च्याम्पियनसिप २०२३फाईट तर्फ अन्डर १८ केजि- प्रथम ६.पहिलो जिल्ला स्तरीय मेयर कप ओपन तेक्विन्दो च्याम्पियनसिप २०७८ फाईट तर्फ अन्डर २२केजि -दोस्रो ७.पहिलो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप २०८० फाईट तर्फ अन्डर २५ केजि -दोस्रो ८.सातौं एसओएस लुम्बिनी जुनियर जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो च्याम्पियनसिप २०२२ फाईट तर्फ- तेस्रो ९.पहिलो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप २०८० पुम्से बिधा मा – तेस्रो नेपालको एक मात्र ओलम्पिक प्रतियोगितामा नेपालबाट कोलिफाई भएर जाने WT तेक्वानदो खेलसमेत खेलिसकेकी छन। उनको सफल खेल जीवनको शुभकामना