चापाकोटमा मेयरकप खेलकुद प्रतियोगिता सुरु

प्रकाशित मिति:

चापाकोट – स्याङ्जाको चापाकोट नगरपालिकामा खेलकुद  प्रतियोगिता सुरु भएको छ । चापाकाेट नगरपालिका नगर खेलकुद विकास समिति द्वारा आयाेजित छैटौं मेयरकप विधिवत रूपमा उद्घाटन भएको छ । मेयरकपमा वडास्तरीय पुरूष , महिला भलिबल , फुटबल , व्याड्मिन्टन लगाएत खेल समावेश गरीएकाे छ । खेलका माध्यम बाट चापाकाेट र खेलाडी लाई अगाडि बढाउनुका साथै खेल क्षेत्रमा नयाँ अनुहारहरू उत्पादन गर्ने उदेश्य सहित प्रत्येक बर्ष खेल आयाेजना गर्ने गरीएकाे छ ।
खेल माघ ६ गते सम्म दामाचाैर खेल मैदानमा संचालन हुनेछ ।