!दिपिका रेग्मि – म एक महिला जस्को अस्तित्व एक पुरुषको श्रीमती हुनबाट मात्र रहन्छ । कास मेरो पनि एउटा छुट्टै पहिचान हुन्थ्यो । कास मैले कुनै सानो निर्णय पनि निर्धक्क लिन सक्थे । मैले चालेको कदमलाई यो समाजले स्वीकार्य रुपले हेर्थ्यो । म एक विवश महिला जो चार दिवार भित्र आफ्नो सपनाको बलि दिइरहेकी छु । म आफ्नो लागि कहिले पनि बाच्न जानिन । बाचे त केवल कहिले आफ्नो जन्मघरको लागि त कहिले आफ्नो कर्मघरको लागि , सोधियोस् न मलाई पनि मेरा के सपनाहरू थिए कति मेरा गल्तीका गिन्ती मात्र गरिन्छ।मलाई एक तलब बिनाको कर्मचारी जस्तो नबनाइयोस्। यो कुरा नभुलौँ क्षमता भएर पनि त कति कारणले म रोकिएकी हुँ । सर्टको टाँक देखी भोलिको छाकको बारेमा मैले सोच्नु पर्ने हुन्छ तर पनि मलाई शब्दका झापड आउछ ” के काम छ र घरायसी काम न हो ” ।
मेरा डिग्रीका सर्टिफीकेट न्याय खोज्दै छन् , बाकस भित्रबाट रुदै छन् । सोधिरहन्छ्न खै त तेरो उचित मूल्याकंन ? सपनाहरू त ठूल्ठूला बोकेर हिडि कि थिइस् , खै कहाँ गएर टुंगिएको छ सपना ? म विवश भइ बाकस बन्द गर्छु ताकी सर्टिफीकेटको आवाज नसुनियोस् । मेरा धारणा सहि भएपनि एक गृहणीको धारणा अपहेलित भयो त्यो चाहे घर भित्र होस यो ठुलो समारोहमा ।।।
म एक महिला , (गृहणी) त कर्तव्य र जिम्मेवारीले भएकी हुँ। सपना र क्षमता दुबै बोकेकी छु । ईट्टाले बनेको कोठालाई घर बनाउदा र एउटा बतिलोलाई मान्छे बनाउदा समय लाग्यो । मेहनत निरन्तर गरिरहेकी छु , हरेक प्रश्नको उत्तर र मेरो सफलता एकै पटक आउने छ ।
(आश छ त सिर्फ एउटा आत्मनिर्भर महिला बन्ने )











