नेपालि चलचित्र अब चीनमा पनि प्रदर्शन गरिने

प्रकाशित मिति:

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र चीनमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन् । उनी केही समय अघिमात्र चीन गएर फर्किएका थिए ।चीन भ्रमणबाट फर्किएका अध्यक्ष अधिकारीले वर्षका २ वटा सफल चलचित्रहरुलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी गरिएको बताए ।

‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ नामक संस्थामा विभिन्न २५ देशका निर्माता संघ आवद्ध छन् । यसमा नेपाली चलचित्र निर्माता संघ पनि प्रवेश गर्न सफल भएको छ । यो नेपाली निर्माताहरुका लागि ठूलो सफलता भएको उनले बताए ।