माघ १७, नवलपरासी,
बर्दघाट नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज (बुधबार) दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन ।
भलिबल, कबड्डी, दौड, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेलहरु सम्पन्न भएको खेल अफिसियल बिनोद ज्ञवालिले जानकारी दिनु भयो । ज्ञवालीका अनुसार छात्रा भलिबलमा १३ टिमहरु सहभागी रहेका थिए ।
रनिङ शिल्डमा प्रतियोगितामा सस्थागत र सामुदायिक गरि २४ वटा विद्यालयहरु बाट करिब ११ सय विद्यार्थीहरु सहभागी रहेका छन । बुधबार देखी सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दघाट नगरपालिकाको आयोजनामा न्यु लाइफ माध्यमिक विद्यालयले सञ्चालन गरेको छ ।
प्रतियोगिता भोलि (शुक्रवार) समापन गरिने न्यु लाइफ माध्यमिक विद्यालयले जानकारी दिएको छ ।












