खेल सकिएको हप्ता दिनमै पालडाडा कपको हिसाबकिताब सार्वजनिक, १ लाख ५० हजार बचत

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ २८ गते

नवलपरासी । सगरमाथा सामुदायिक बिकास प्रतिष्ठानले आयोजना गरेको पालडाडा कप २०८० को खेल सकिएको १ हप्तामै हिसाब सार्वजनिक गरेको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर ०५ मा माघ २२ गते सम्पन्न भएको पालडाडा खेल कपका हिसाब किताब सार्बजनिक गर्दै १ लाख ४९ हजार रुपैया बचत भएको आयोजकले जानकारी दिएको छ ।


बर्दघाट नगरपालिकाबाट २ लाख ५० हजार, स्थानीयहरुले सहयोगबाट  ७ लाख ३७ हजार गरि  ९ लाख ८७  हजार ५ सय ७४ रुपैयाँ आम्दानी भएको छ । खेल सञ्चालनका क्रममा पुरस्कारमा २ लाख २५ हजार ५ सय, रेफ्रीका लागी ६४ हजार, अन्य खेलाडीलाई ९० हजार,  अतिथि सत्कार ७५ हजार, रेफ्री आवास ८० हजार, मेडिकल सामाग्री ८ हजार, ट्रफी प्रमाण पत्र १ लाख १० हजार खेल सामाग्री २७ हजार गरी ८ लाख ३८ हजार ५ सय रुपैया खर्च  भएको आर्थिक संयोजक हरी कंडेलले जानकारी दिनु भयो ।


बर्दघाट नगरपलिकाले राष्ट्रीय र अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्ने गरीरहेको बर्दघाट नगरका खेल संयोजक तथा क्लबका सल्लाहकार दिपक थापाले बताउनु भयो । “अहिलेको पालडाडा कपले खेलाडीलाई खेलले खेलसङ्ग नै जोडेको छ । आगामी दिनमा पालडाडा कपले निरन्तरता हुन्छ । सबैले हामीलाई सहयोग गर्ने भयो जसले हामीलाई हौसला मिलेको छ ।” थापाले भन्नुभयो ।


कुलमा लाग्न सक्ने उमेर समुहका ब्यक्तिहरुलाई खेलमा जोड्दा कुलतमा फस्नबाट जोगीने र खेल क्षेत्रमा गाउको बिकास भइ खेलाडी उत्पादन हुने वडा अध्यक्ष बिमला गुरुङले बताउनु भयो ।  प्रतिष्ठानका अध्यक्ष गङ्गा बहादुर थापाको अध्यक्षतामा भएको थियो ।