आईसक्रिम व्यवसायीहरुको भेला तथा अन्र्तक्रिया सम्पन्न

प्रकाशित मिति:

पौष १६ बुटवल

रकवेल ब्रान्डको व्यावसायिक फ्रिजरको उत्पादन गर्ने रकवेल ईन्डष्ट्रीज भारतको आधिकारीक बिक्रेता पिनाकल एण्ड कम्पनी प्रा.लि, बुटवलको संयोजनमा नवलपरासी, रुपन्देही तथा कपिलवस्तु जिल्लामा रहेका विभिन्न आईसक्रिम उत्पादक कम्पनी तथा सप्लार्यसका बिचमा बिजनेश मिट कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि रकवेल ब्रान्ड फ्रिजरकोे आधिकारिक बितरक रहेको नेक्स्ट ग्लोवल एप्लायन्स प्रा.लि, काठमाण्डौको आयोजना रहेको उक्त कार्यक्रममा यस क्षेत्रमा रहेका आईसक्रिम उधोगी तथा व्यावसायीको उपस्थिती रहेको उक्त कार्यक्रममा आईसक्रिम उधोगको चुनौती र व्यावसायिक जोखिम कम गर्नका लागि अपनाउनु पर्ने प्रयासका बारेमा  नेक्स्ट ग्लोवल एप्लायन्स प्रा.लि को संचालक बेदमणि अधिकारीले जानकारी दिनुभएको थियो ।

 

रकवेल ब्रान्डको फ्रिजर नितान्त व्यावसायिक प्रयोजनका लागि निमाण गरिएकोले डेरी, आईसक्रिम, मासु, बेभरेज, होटल तथा रेष्टुरेन्टका लागि उपयुक्त रहेको जानकारी दिईएको थियो । सोही कार्यक्रममा रकवेल ब्रान्ड सगँ निरन्तर सर्हकार्य गर्ने व्यावसायिक संस्थाहरु मध्ये पवित्र डेरी उधोग बुटवल, अमुल डेरी तथा बेभरेज प्रा.लि, बुटवल तथा सुपर क्वालिटी मिट प्रोशेसिङ्ग इन्डष्ट्रीज, रुपन्देही लाई नेक्स्ट ग्लोबलका संचालक दिपक बुढाथोकी तथा पिनाकल एण्ड कम्पनीका अध्यक्ष यूवराज ढकाल ले सम्मान गर्नु भएको थियो ।
१२० लिटर देखि ५५० लिटर सम्मका डिप फ्रिजर, चिलर, भिजी कुलर सगै सवारी फ्रिज उत्पादन गर्ने रकवेल विशिष्टकृत रेफ्रिजेरेशनमा मात्र काम गर्ने व्यावसायिक कम्पनी रहेको तथा ९० मिमि मोटाईको पफ एवम् ग्लाईकोल प्यानल जडान रहेकोले –२३ डि.से. सम्म तापक्रम सहजै लामो समय सम्म कायम गर्न सक्ने विषेशता रहेको पिनाकल एण्ड कम्पनीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र गिरी ले दिनुभएको थियो ।