एजेन्सी– अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीले नयाँ वर्षको स्वागत गर्नको लागि हालसम्मकै ठूलो आतिसबाजी प्रदर्शन गर्दैछ । प्रत्यक वर्ष यो सहरबाट विश्वमा ग्रिगोरियन पात्रो अनुसारको नयाँ वर्षको उत्सवा सुरु हुन्छ । यो सहरलाई पछ्याउँदै संसारका अर्बौं मानिसहरु नयाँ वर्षको उत्सवमा सामेल हुन्छन् । उत्सवको लागि प्याइरोटेक्नीक्सको हालसम्मकै ठूलो परिमाण र नयाँ आतिसबाजी इफेक्ट र रंगहरुले यस बन्दरगाह सहर को आकासलाई १२ मिनेटसम्म उज्यालो बनाउनेछ । यो समारोहलाई सिड्नी सहरको समुन्द्री किनारा र पार्कबाट १५ लाख मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सिड्नी र अष्ट्रेलियाका अन्य प्रमुख सहरहरुमा नयाँ वर्षको काउन्टडाउन स्वारुप आतिसबाजी भएको छ ।















