प्रकाश न्यौपाने
वैशाख २२ गते
नवलपरासी । नेपाल औषधि व्यवसायी संघ नवलपरासीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष हेमन्त राज न्यौपानेले सस्थाको प्रतिबेदन प्रस्तुत गर्दै एक बर्षमा गरेका काम, आगामी योजना र सामाजिक कार्यहरुको प्रस्तुत गर्नु भएको थियो । सस्थाका महासचीव बाबुराम तिमिल्सिनाले सागठनिक प्रतिबेदन र कोषाध्यक्ष अवधेष यादवले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारित गरेको छ ।
औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्ष हेमन्त राज न्यौपानेको अध्यक्षता र स्वागत मन्तव्य सस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले स्वागत गर्नु भएको छ ।
पश्चिम नवलपरासीमा ४ वटा थोक र खुल्ला ९० जना गरि ९४वटा औषधि पसलहरु संघमा आवद्ध रहेका छन । कार्यक्रममा
सस्थाले २०८१ सालको बार्षिक भित्तेपात्रो बिमोचन समेत गरिएको छ ।












