प्रकाश न्यौपाने
जेष्ठ ५ गते
नवलपरासी । नेपाल शिक्षक संघ नवलपरासीले नया स्थायी शिक्षकहरुलाई सम्मान गरेको छ । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा आज एक कार्यक्रमका बधाई शुभकामना सहित सम्मान गरेको हो ।
जिल्लामा ८६ जना प्राथमिक विद्यालय, ४ निम्न माध्यमिक विद्यालय र २ जना माध्यमिक विद्यालय गरि ९२ जना नया शिक्षकहरु स्थायी नियुक्ति लिनु भएको मध्ये केहि शिक्षकहरुलाइ सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले टीका र जिल्ला अध्यक्ष भोजराज चापागाईंले खादा लगाइ सम्मानित गर्नु भएको संघका सहसचिव अर्जुन पाण्डेले जानकारी दिनु भयो ।
शिक्षकले अब आफ्ना माग राख्ने भनेको नै स्थानीय तह रहेको उल्लेख गर्दै रावलले भन्नुभयो -“पहिले जिल्लामा समन्वय गरे हुने थियो । नेपालको सबिधान २०७२ को अनुसूची ८ ले शिक्षकलाई जिल्लाबाट गाउपालिका र नगरपालिकामा पुर्याइदियो ।” त्यस्तै कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले शिक्षा ऎन अहिले सम्म नआउनु शिक्षक र देशका लागी दुर्भाग्य रहेको बताउनु भयो ।
स्थायी नियुक्ती लिनु भएका शिक्षक साथिहरुलाई बधाई एवं शुभकामना ब्यक्त गर्दै अध्यक्ष चापागाईंले शिक्षकहरुको पेशागत हित र वृद्धि बिकासका लागि स्थानीय तह र प्रदेश तथा सङ्घिय कार्यसमितीसङ्ग समन्वय गरी अगाडि बढ्ने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्मा र शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठकलगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष शिबा रेग्मीको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।












