शिक्षक संघ नवलपरासीद्रारा स्मारिकाको सार्वजनिकिकरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ ५ गते
नवलपरासी । नेपाल शिक्षक संघ नवलपरासीले स्मारिका प्रकाशन गरि सार्वजनिकीकरण गरेको छ । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले र जिल्ला अध्यक्ष भोजराज चापागाईंले सयुक्त रुपमा गुरु गौरव नामक स्मारिका सार्वजनिकीकरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले गुणस्तरीय शिक्षाका लागि शिक्षक सन्तुष्ट हुनु पर्ने बताउनु भयो । जतिसुकै राम्रो शिक्षा निति ल्याएपनि कार्यान्वयनको बलियो पक्ष शिक्षक रहेको उल्लेख गर्दै उहाले निति कार्यान्वयन गर्ने पक्ष सन्तुष्ट नभएसम्म कार्यान्वयन राम्रो नहुने बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका निवर्तमान केन्द्रिय सदस्य नेत्रलाल न्यौपानेले शिक्षा ऎन अहिले सम्म नआउनु शिक्षक र देशका लागी दुर्भाग्य रहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशकी उपाध्यक्ष सीता शर्मा र शिक्षक महासंघका जिल्ला अध्यक्ष अरबिन्द्र कुमार पाठक, जिल्लाका सातै वटा पालिका स्तरिय शिक्षक संघका अध्यक्षहरु, विभिन्न विद्यालयका प्राध्यानाध्यापक र शिक्षकहरुले आफ्नो धारणा राख्दै शिक्षक संघले आफ्नो इतिहासलाई दस्ताबेज गरेको बताउनु भयो ।

स्मारिका सार्वजनिकीकरणमा बोल्दै संघका जिल्ला अध्यक्ष चापागाईले अब नेपाल शिक्षक सङले शैक्षिक गुणस्तर सुधार को नेतृत्व गर्नु पर्ने बताउनु भयो ।” गुणस्तर सुधारका लागी प्रबिधी मैत्रीपुर्ण शिक्षा, लागि एक शिक्षक एक ल्यापटप , बिधालय नर्स , विद्यार्थी मानसिक स्वास्थ, अभिभावक शिक्षा जस्ता कार्यक्रम स्थानिय पालिकाहरुले संचालक गर्नु पर्छ । त्यसका लागी सहकार्य गर्ने शिक्षक संघ तयार छ ।” चापागाईंले भन्नू भयो ।

नेपाल शिक्षक संघ नवलपरासीले जिल्लामा पहिलो पटक गुरु गौरव नामक स्मारिका प्रकाशन गरेको छ संघका सहसचिव एब स्मारिकाका प्रधान सम्पादक अर्जुन पाण्डेले बताउनु । ” स्मारिकामा शिक्षक संघ नवलपरासीको इतिहास, शैक्षिक ब्यक्तित्वहरुको लेख, रचना र संघले गरेका बिबिध कार्यक्रमहरु समाबेश गरिएको छ ।” पाण्डेले भन्नु भयो ।

कार्यक्रममा उपाध्यक्ष शिबा रेग्मीको स्वागत रहेको कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र कार्यक्रमको सञ्चालन सहसचिव अर्जुन प्रसाद पाण्डेले गर्नु भएको थियो ।