निर्मलाका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रदेश ५ सरकारलाई ज्ञापनपत्र

प्रकाशित मिति:

पुष १७ ,बुटवल– नयाशक्ति पार्टी नेपाल निकटको महिला शक्ति महासंघले कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्नुपर्ने लगायतका ७ बुदे माग राख्दै प्रदेश ५ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।संगठनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको हो । घटना भएको ४ महिना बितिसक्दा पन्तको परिवारले न्याय नपाएको र सुरक्षा निकायले विना प्रमाण निर्दोष व्यक्ति पक्राउ गरेर छाड्ने काम गर्दै आएको भन्दै महासंघले वास्तविक हत्यारा पत्ता लगाउन माग गरेको हो ।

महासंघले महिलाहरुलाई अंश र वंशमा समान अधिकार,चेलिवेटी वेचविखनको अन्त्य,समान कामको समान ज्याला,प्रजनन् स्वास्थ्यमा अधिकार, निःशुल्क शिक्षा र हिंसामा परि वैदेशिक रोजगारीवाट फर्किएर बसेका महिलाहरुको उचित व्यवस्थापन गर्न पनि माग गरेको छ ।संविधानमा भएका व्यवस्थालाई इमान्दारिकासाथ कार्यान्वयन गर्न र सम्वन्धित प्रदेशले महिलाका पक्षमा विशेष नीति, ऐन र कार्ययोजना वनाई लागु गर्न पनि महासंघले सरकारको ध्यानार्कषण गराएको महिला शक्ति महासंघ नेपाल प्रदेश संयोजक सुनिता काफ्लेले बताइन् ।