भारतको कोलकत्तामा सम्पन्न तेस्रो टि.आइ.ए. खुल्ला तेक्वान्दो प्रतीयोगीतामा सैनामैनाकी बिपासा बिकले गोल्डमेडल प्राप्त गर्न सफल भएकी छन । सैनामैना कलौनीमा रहेको कलौनी कान्तिपुर बोर्डिङस्कुलमा कक्षा ३ मा अध्ययनरत बिकले बिभिन्न प्रतीस्पर्धीलाइ पछाडी पार्दै गोल्ड मेडल प्राप्त गर्न सफल रहेको टिम कोच सन्जय बिकले जानकारी दिए ।
२२ किलो तौल समुहमा भएको प्रतीस्पर्धामा उनले मेडल प्राप्त गरेकी हुन । यसैबीच बिधालयले एक कार्यक्रमको आयोजना गरी मेडल प्राप्त गर्न सफल बिधार्थी बिपासा र उनको परिवारलाइ बिशेष सम्मान गरेको छ । बिधालयले शिक्षासगै खेलकुदलाइ पनी प्राथमिकतामा राख्दै भबिष्यमा अझै प्रतीभावान खेलाडी उत्पादनका लागी स्कुलले प्लेटफर्म दिने शिक्षक सुनिल प्रोखे्रलले बताए










