पौष २७ गते रिलिज हुने नेपाली चलचित्र चौका दाऊको टोली प्रचार प्रसारका लागि बुटवल आएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक पुरनेन्दु झाले चलचित्र हांस्यब्यंग्यमा आधारित पारिवारिक चलचित्र भएको बताउंदै आफ्नो दोस्रो चलचित्रले दर्शकहरुको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । त्यस्तै चलचित्रका कलाकार सन्तोष पन्तले आफूले धेरै समयपछि आफूलाई चित्त बुझेको चलचित्रमा अभिनय गरेको बताउंदै यो चलचित्रले आफ्ना दर्शकलाई सामाजिक मनोरन्जन प्रदान गर्नेमा ढुकक रहेको बताउनुभयो ।
करिब डेढ करोड लगानीमा निर्मित उक्त चलचित्र को कथा संगितकार शम्भुजित बास्कोटाले लेख्नुभएको हो । चलचित्र सौर्यजित बास्कोटा र मनोज राजभण्डारीको निर्माणमा बनेको चलचित्र हो । चलचित्रमा सन्तोष पन्त, वर्षा राउत, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह,निर्मल शर्मा, अजस्र ढुंगाना लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा २ वटा गित समावेश गरिएको छ । चलचित्रको गित राधा पियारी अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।















