बन्ने भयो अनमोलको ‘ब्याचलर बन्टी’, भदौमा रिलिज

प्रकाशित मिति:

अभिनेता अनमोल केसीले ५० लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ निर्माण हुने निश्चित भएको छ । केही दिनदेखि उक्त फिल्म निर्माण नहुने चर्चा सिनेवृतमा सुरु भएको थियो । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर फिल्म गर्ने बताएका थिए ।
बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट फिल्मको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई फिल्म क्याप्टेनु र ए मेरो हजुर ३ु रिलिज भएपछि उक्त फिल्म गर्नेछन् । क्याप्टेन फागुन १७ र र ए मेरो हजुर ३ु चैत २९ मा रिलिज हुँदैछ ।

निर्माता र अभिनेताबीच फिल्मको नाम पनि परिवर्तन गर्ने सहमती भएको स्रोतले जानकारी दिएको छ । साथै, लकु गरिएको स्क्रिप्टमा पनि केही फेरबदल गरिने बताइएको छ । फिल्मको रिलिज भने अर्को वर्षको तीज अर्थात् भाद्र १३ गतेलाई तय गरिएको छ । यसअघि यस वर्षको फागुन १७ मा फिल्म रिलिज गर्ने घाषणा गरिएको थियो ।
हरेक फिल्ममा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गर्दै आएका अनमोेलको यस फिल्ममा पनि नयाँ अभिनेत्रीसँग स्क्रिन साझेदारी गर्दैछन् । फिल्मका लागि निर्माण टिमले उकुसा गिरीलाई अनुबन्ध गरिसकेको छ । विना कुनै जानकारी अभिनेत्री फाइनल गरेको भन्दै अनमोल निर्मातारनिर्देशकसँग रुष्ट रहेको पनि खबर छ ।