पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा फाल्गुन ९ देखि २० गतेसम्म देवचुली महोत्सव हुने भएको छ ।विहीबार देवचुली उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाको आयोजनामा भएको महोत्सवमा महोत्सवको बारेमा जानकारी गराइएको थियो ।महोत्सव देवचुली नगरपालिका ३ शास्वत धामको पश्चिम पट्टीको चौरमा हुने छ देवचुली उद्योग वाणिज्य संघले यस अघि दुई बर्ष अगाडि महोत्सव गरेको थियो ।यस पटकको महोत्सवमा १५ करोडको कारोबार गर्ने लक्ष्य रहेको महोत्सव आयोजक संस्था देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका साथै शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न थालिएको आयोजक संस्थाले जनाएको छ ।पत्रकार सम्मेलन बोल्दै देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले महोत्सवका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।दुई सय बढी स्टलहरु रहने महोत्सवमा एक लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सव संचालनका लागि ५१ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।












