बायुसेवा निगमका महाप्रबन्धक लाई कार्यकक्षमै कालोमोसो

प्रकाशित मिति:

पुस २०/ सबलपोस्ट काठमाडौँ

वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।