ओली सरकार असफल : देउवा
अहिलेको सरकार असफल भइसक्यो, उनले भने, ‘निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन सकेको छैन । उनले निर्मला पन्तको परिवारले न्याय नपाउन्जेलसम्म नेपाली कांग्रेसले नछाड्ने बताए ।
मोरङ, पौष २१। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भइसकेको बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसक्नुले सरकार असफल भइसकेको पुष्टि भएको बताए। अहिलेको सरकार असफल भइसक्यो, उनले भने, ‘निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन सकेको छैन । उनले निर्मला पन्तको परिवारले न्याय नपाउन्जेलसम्म नेपाली कांग्रेसले नछाड्ने बताए ।
कांग्रेस सभापति देउवाले पार्टीको महाधिवेशन समयमा हुने बताए । उनले पार्टीको अर्ली महाधिवेशन नहुने जिकिर गर्दै महाधिवेशन भने समयमा नै हुने बताए। वायुसेवा निगमको वाइडबडी जहाज खरिद अनियमिततामा संसद्को सार्वजनिक लेखा समितिले सिफारिस मात्रै गर्न सक्ने बताए । उनले भने, ‘सार्वजनिक लेखा समितिले आफैं कारबाही गर्न मिल्दैन, सिफारिस मात्रै गर्ने हो । यसमा सरकारले पनि छानबिन गर्न सक्ने धारणा राखे ।
सरकारले राजदूतहरु फिर्ता लिएको विषयमा सभापति देउवाले त्यसलाई सामान्य रूपमा लिए । आफू प्रधानमन्त्री हुदा एमाले र माओवादीकै कोटामा भएका राजदूतलाई फिर्ता नगरेको स्मरण गराउँदै उनले भने, अहिलेको सरकारले फिर्ता बोलायो, सरकारले चाहे फिर्ता बोलाउन सक्छ । सरकारले कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरेर प्रदेश र स्थानीय तहमा खटाउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन ।












