झविन्द्र देवकोटा बुटवल, २१ पुस ।
इनरव्हील क्लव अफ बुटवलले महिलाहरुका लागि एक दिने ब्यक्तित्व विकास कार्यशाला गरेको छ । आफ्ना सदस्यहरु सहित महिलाको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि क्लवले बुटवलको क्लव डेनेभोमा कार्यशाला गरेको हो । कार्याशालाको उद्घाटन गर्दै उच्च अदालत तुल्सिपुर बुटवल इजलासका न्यायधिस राज्यलक्ष्मी बज्राचार्यले महिलाहरुको ब्यक्तित्व विकास हुन नसक्दा नेतृत्वमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।
उहाँले महिला नेतत्वमा पुग्न पहिले ब्यक्तित्वको विकास जरुरी रहेको भन्दै महिलाले अध्ययन र लगनसँगसँगै नेतृत्व विकासमा ध्यानदिनु पर्ने बताउनुभयो । क्लवका सचिव यमुना श्रेष्ठको संचालनमा भएको कार्यक्रममा ग्लोवल रिचका संचालक विशाल श्रेष्ठ, कार्यक्रम संयोजक ओमा प्रधान लगायतले महिलाको सफल ब्यक्तित्वले नै नेतृत्व तहमा पुर्याउने भएकाले ब्यक्तित्व विकासमा जोड दिन आग्रह गर्नुभयो । सन् २००२ का मिस नेपाल माल्विका सुब्बाले सहजिकरण गर्नु भएको कार्यक्रममा क्लवका सदस्य लगायत विभिन्न समाजिक संघसस्थामा आवद्ध महिला प्रतिनिधि, महिला प्राध्यापक तथा विद्यार्थीहरु गरि ८० बढिको सहभागिता रहेको थियो ।
क्लवले नेतृत्व ब्यक्तित्व विकास सम्वन्धि कार्यक्रम विभिन्न समयमा गर्दै अएको छ ।












