साप्ताहिक राशिफल २०७५ पौष २२–२८ गतेसम्म

राशिफल

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि लाभदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभददयी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । आय आर्जनको स्रोत बढ्दे जानेछन् ।स्वास्थ्यको क्षेत्रमा भने अस्थिरता रहन सक्नेछ । बिहीबारबाट कार्यमा ढिलाई पनि रहनसक्ने देखिन्छ ।वृष राशिः वृष राशिका लागि साता उन्नतिकारक रहनेछ । सोचेका काम पूरा हुनेछन् । व्यवसायमा सफलता मिल्नेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । प्रेम जीवन सुखद् रहनुका साथै मित्र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । यो साता गणेशजीको उपासना शुभ रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमबारसम्म कार्यम अस्थिरताका साथै मनमा पनि चपलता रहनेछ । स्वास्थ्यको पनि ख्याल राख्नु उचित हुनेछ । मंगलबारबाट भने समय राम्रो हुँदै जानेछ । कार्यमा सफलता प्राप्त हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन मध्यम फलदायी रहने देखिन्छ ।कर्कट राशिः कर्कट राशिका लागि साता मिश्रित फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । भौतिक वस्तुका साथै धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । बोलीको विशेष प्रभाव पर्नेछ । नयाँ कार्य अवसर प्राप्त हुने देखिन्छ । टाढिएका व्यक्ति नजिक आउनेछन् । मंगल र बुधबार भने कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ ।सिंह राशिः सिंह राशिका लागि साता सुखद् रहनेछ । यात्राका सुअवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै मनमा कार्य गर्ने उत्साह पनि छाउँनेछ । अधुरा काम बन्नेछन् । धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । बिहीबारबाट भने कार्यमा सजगता अपनाउनुपर्ने देखिन्छ । भगवतीको उपासना शुभ रहनेछ ।

कन्या राशिः कन्या राशिका लागि साता वृद्धिदायी रहनेछ । मित्रसहयोग मिल्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । आयमा वृद्धि हुनेछ । जलीय वस्तु विशेष लाभदायी रहनेछन् । धनको क्षेत्र सबल रहनेछ । कला साहित्य र मनोरञ्जनका क्षेत्रमा विशेष संलग्नता रहनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउने देखिन्छ । समग्रमा साता उन्नतिकारक रहने देखिन्छ ।तुला राशिः तुला राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरता रहनसक्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ भएकाले सजगता अपनाउनु उचित हुनेछ । मंगलबारदेखिको समय सुखद् रहनेछ । मनमा उत्साह छाउनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । सामाजिक मान प्रतिष्ठा प्राप्तिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोगले साता सफल रहने देखिन्छ ।वृश्चिक राशिः वृश्चिक राशिका लागि साता सुखद् रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै धातुजन्य वस्तु उन्नतिकारक रहनेछन् । प्रेम जीवन सफल र सुखद् रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । नयाँ कार्य गर्ने अवसर पनि मिल्नेछन् । भौतिक वस्तु लाभदायी रहने देखिन्छ ।धनु राशिः धनु राशिका लागि साता कार्यदायी रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । बुध र बिहीबार भने कार्यमा कठिनाइ उत्पन्न हुने देखिन्छ । बोलीको विशेष प्रभाव रहनेछ । यो साता गणेशजीको उपासना लाभदायी रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता अर्थकरी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै भूधनबाट विशेष लाभ हुने देखिन्छ । शत्रु निर्वल रहनेछन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । धार्मिक कार्यमा विशेष रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग पनि देखिन्छ । साताको अन्त्यतिर कर्यमा बाधा आउनुका साथै खर्च बढ्न सक्ने देखिन्छ ।कुम्भ राशिः कुम्भ राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा कठिनाइका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने समय उन्नतिकारक रहनेछ । सोचेका काम पूरा हुनेछन् । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मान सम्मानको योग पनि देखिन्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यापार व्यवसायाट पनि विशेष लाभ हुने देखिन्छ ।मीन राशिः मीन राशिका लागि साता उन्नतिकार रहनेछ । अध्ययनमा रुचि जाग्नेछ । कार्य प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पक्ष भने सबल देखिन्छन् । बिहीबारबाट खर्चमा वृद्धि हुनुका साथै कार्यमा ढिलाइ रहन सक्ने देखिन्छ ।उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्