उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो । अर्थमन्त्री खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गर्नुभयो । आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकमको लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन । यस वर्षको पुरस्कार छनोटको लागि मूल्याङकन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी र सदस्यहरूमा अर्थविद् मनिकर कार्की र रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा सदस्य थिए । पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक र उद्योग क्षेत्रको विकासमा यो पुरस्कार थप प्रेरणा र हौसला मिल्ने बताउनुभयो । संघका महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, धन्यवाद प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गर्नुभएको थियो ।












