नेपाली मुलका सोमनाथ घिमिरे द्वारा न्युयोर्क राज्य, जिल्ला ३० का लागी सभासद पदमा उम्देवारी दर्ता
न्युयोर्क — नेपाली मूलका समाजसेवी सोमनाथ घिमिरेले न्युयोर्क राज्य सभासद, जिल्ला ३० का लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जनवरी ११, २०२६ साँझ ६:३० बजे क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजना हुने सार्वजनिक कार्यक्रममा उम्मेदवारी घोषणा गर्नेछन्।वुडसाइडका स्थायी बासिन्दा घिमिरेले क्वीन्सलाई सबै परिवारका लागि सुरक्षित, न्यायपूर्ण र अवसरयुक्त बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। उनको प्राथमिकतामा किफायती आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक अधिकारको संरक्षण तथा समावेशी प्रतिनिधित्व रहेका छन्। सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका घिमिरेले नेपाली अमेरिकी तथा दक्षिण एसियाली समुदायको हितमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय सामुदायिक र सामाजिक कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्। उनी सन् २०२० को जनगणनामा फिल्ड सुपरभाइजरका रूपमा पनि कार्यरत थिए। आगामी दिनमा अभियानसम्बन्धी थप विवरण सार्वजनिक गरिने जनाइएको छ।












