अस्विन पंज्ञानी पुष-सृजनशील सिकाइ केन्द्र चापाकोट–१, स्याङ्जाले भानु माध्यमिक विद्यालय र रोग्दीठाटी आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ४९ जना विद्यार्थीलाई झोला वितरण गरेको छ।केन्द्रका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चापाकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख इन्दु भेटवाल रहनुभएको थियो। कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद भण्डारी, रोग्दीठाटी आबि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भण्डारी, वडा नं. १ का वडा सचिव विशाल कोइराला तथा भानु माविका प्रधानाध्यापक बिनु प्रसाद पराजुलीले मन्तव्य राख्नुभएको थियो।पार्वती न्यौपानेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण ज्ञवालीले गर्नुभएको थियो।












