रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले प्राध्यापकहरूको सबलीकरणका लागि २ दिने गोष्ठी क्याम्पसमा सम्पन्न
मणिग्राम ३ चैत्र, मंगलबार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले प्राध्यापकहरूको सबलीकरणका लागि २ दिने गोष्ठी क्याम्पसमा आज (मंगलबार) सम्पन्न गरेको छ । प्राध्यापकहरूका लागि शिक्षण विधि र सूचना प्रविधि’ विषयक कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक विष्णुप्रसाद वाग्ले र उपप्राध्यापक उज्ज्वल अधिकारीले सहजीकरण गर्नुभएको थियो ।सो अवसरमा सह प्राध्यापक वाग्लेले बदलिँदो समय बमोजिम विद्यार्थीका बदलिएका मनोविज्ञान समेतलाई ध्यानमा राखेर परिणाममुखी प्राध्यापन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।
त्यस्तै, अर्का सहजकर्ता अधिकारीले सूचना प्रविधिको उच्चतम विकाश भैरहेको अवस्थामा प्राध्यापकहरूले त्यसलाई समेत आत्मसात गर्दै सीपयुक्त जनशक्ति उत्पादनबारे प्रकाश पार्नुभएको थियो ।त्यसअघि गोष्ठी उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ कण्डेलले थप प्राज्ञिक विकासका लागि कार्यक्रम फलदायी हुने बताउनुभयो ।उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले परिणामुखी शिक्षण सिकाई थप चुनौतीपूर्ण बन्दै गएकाले प्राध्यापन शैली समेत अद्यावधिक गर्दै लैजानुपर्ने बताउनुभयो ।












