विनोद चौधरी हराउने मिसन मा लागेका शीर्ष नेताहरू कारबाहीमा मन्त्री र पूर्वमन्त्रीसहित ४३ जनालाई निस्कासनको सिफारिस
पुरुषोत्तम सुवेदी- नवलपरासी र नेपाली कांग्रेस नवलपरासी पश्चिमले पार्टीका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद कुमार चौधरीलाई निर्वाचनमा पराजित गराउन सक्रिय भूमिका खेलेको ठहर गर्दै आफ्नै पार्टीका हेभिवेट नेताहरूलाई कारबाहीको सिफारिस गरेको छ। नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुभएका विनोद चौधरीलाई अन्तरघात गरी हराउन खोज्ने लुम्बिनी प्रदेशका बहालवाला मन्त्री र पूर्व गृहराज्यमन्त्रीसहित ४३ जना नेता-कार्यकर्तालाई पार्टीबाट निस्कासन गर्न केन्द्रमा पत्राचार गरिएको हो।कारबाहीको घेरामा मन्त्री र पूर्वमन्त्री- जिल्ला सभापति अर्जुन पोखरेलले पार्टीका केन्द्रीय सभापतिलाई पत्र लेख्दै कारबाहीका लागि सिफारिस गरेका मुख्य नामहरूमा लुम्बिनी प्रदेश सरकारका बहालवाला वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सन्तु , र पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेल सहीत ४३ जना रहेका छन् ।
अन्तरघातको जालो र रास्वपाको प्रभाव-क्षेत्र नम्बर १ मा विनोद चौधरी हारेपछी प्रतिद्वन्द्वी विक्रम खनाल जो कांग्रेसबाटै विद्रोह गरी रास्वपाबाट उठेका थिए० लाई जिताउन कांग्रेसकै प्रभावशाली नेताहरूले भित्रभित्रै मिसनू चलाएको आरोप लागेको छ। यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका भरत थापालाई रास्वपाकै नरेन्द्र गुप्ताले भारी मतान्तरले पराजित गर्नुमा पनि पार्टीभित्रकै जिम्मेवार नेताहरूको अन्तरघात मुख्य कारण रहेको ठहर गरिएको छ। जिल्ला सभापति पोखरेलले पठाएको पत्रमा भनिएको छ कि, पार्टीका जिम्मेवार पदमा बसेर आफ्नै उम्मेदवारलाई हराउन लाग्ने ४३ जना नेताहरूलाई तत्काल पार्टीबाट निस्कासन गरिनुपर्छ। ूअनुशासन उल्लंघन गर्ने र पार्टीलाई अन्तरघात गर्नेहरूलाई छुट दिन सकिँदैन पत्रमा उल्लेख छ। मन्त्री र पूर्वमन्त्री जस्ता शीर्ष कदका नेताहरू नै कारबाहीको सिफारिसमा परेपछि नवलपरासी पश्चिमको कांग्रेस राजनीतिमा ठुलो भुइँचालो गएको छ। यसले केन्द्रमा समेत नयाँ बहस छेड्ने र आगामी राजनीतिक समीकरणमा गम्भीर असर पार्ने देखिएको छ।












