कालिकोट , २२ पुस – कालिकोटको खाडामा भएको आलगाली गराउने क्रममा रक्सी पार्टीमा सहभागी भएको आशंकामा कममा वडा सचिव पक्राउ परेका छन् । वडा सचिव बिष्णुकान्त प्याकुरेललाई शनिबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ । वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी बिनोद शर्माले जानकारी दिएका छन् । मान्छे नबस्ने नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो । यहि पुस ८ गते स्थानीय खानेपानि आयोजनाको ट्रयांकी शिलान्यास गरिएको र सोही रात खसीको फिला र ह्याकुलो नवीनको घरमा लगेर पकाएर मदिरा पार्टी गरेको देखिएको प्रहरीले जनाएको छ ।
पार्टीमा वडाका एक कर्मचारी र दुईजना शिक्षक पनि सहभागी थिए । आगलागी सुरु भएको घरमा १५ क्वाटर मदिराका बोतल फेला परेको छ । पलाँता मदिरा निषेधित गाउँपालिका हो ।












