ऋषिकेश पाण्डेको नयाँ गीत ‘बालापन’ सार्वजनिक

प्रकाशित मिति:

बुटवल । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाका रूपमा गीत ‘बालापन’ सार्वजनिक भएको छ । गायक ऋषिकेश पाण्डे र नवीन परियार को सुमधुर स्वरमा सजिएको यस गीतले सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
गीतका शब्द ऋषिकेश पाण्डे र बीमल पौडेल ले संयुक्त रूपमा सिर्जना गरेका हुन् । गीतमार्फत समाजको यथार्थ परिवेशसँगै बालापनका रमाइला क्षण, साथीभाइसँग बिताएका अविस्मरणीय दिन तथा जीवनको सरलतालाई भावनात्मक रूपमा समेट्ने प्रयास गरिएको गायक पाण्डेले बताएका छन्।
गीतको रेकर्डिङ मालाश्री स्टुडियो मा गरिएको हो। उच्चस्तरीय रेकर्डिङ तथा संगीत संयोजनका कारण गीतलाई थप आकर्षक र स्तरीय बनाइएको निर्माण टिमले जनाएको छ । ‘बालापन’ ले हरेक उमेर समूहका दर्शक तथा श्रोताको मन छुने विश्वास लिइएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत सकारात्मक प्रतिक्रिया आउन थालेको छ । निर्माण टिमले नेपाली गीत–संगीतप्रेमी सबैलाई गीत सुन्न, हेर्न तथा आफ्ना प्रतिक्रिया दिन आग्रह गरेको छ।