पुष २२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जुन महिनापछि भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु हुने बताएका छन्। उनले भैरहवामा द्रुत गतिमा काम भइरहेकाले ६ महिनापछि परीक्षण उडान सुरु हुने उनले बताए। उनका अनुसार आगामी ६ महिनामा पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन वेको काम पनि सम्पन्न हुने बताए। उनले आइतबार संसदलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।












